कञ्चनपुर, कात्तिक ३ । दशैं तिहारको अवसरमा विशेष सुरक्षा योजना लागु गरेसँगै कञ्चनपुर प्रहरीले अहिले सम्मकै ठूलो परिमाणको खैरो हिरोईनसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कञ्चनपुरबाट गत असोज ३० गते साझ खटिई गएको संयुक्त टोलीले कञ्चनपुरको पुनर्वाश नगरपालिका वडा नम्वर ६ बाट से ३ प ८१८४ नम्वर र से १ प ८५३९ नम्वरको मोटर साईकीलमा सवार व्यक्तिहरुलाई चेकजाँच गर्दा अहिले सम्मकै ठूलो परिमाण ४४ ग्राम लागु औषध खैरो हिरोईन पक्राउ गर्न सफल भएको हो ।

आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै लागु औषध कारोवारमा संलग्न बेलौरी नगरपालिका वडा नम्वर १ बस्ने रमेश रावतसहित चार जनालाई सार्वजनिक गरेको छ ।

यसैगरी शुक्लाफाँटा नगरपालिका वडा नम्वर ८ बस्ने वर्ष ३५ की कालीदेवि खुनाका हत्यारा आफ्नै देवरमान सिह खुनालाई सार्वजनकि गरेको छ । निजले सामानय घरायसी विवादका कारण आफनै भाउजूको हत्या गरेको अपराघ स्वीकारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले बताउनुभयो ।

दशैं तिहारको अवसरमा विशेष सुरक्षा योजना लागु गर्दे जिल्लाको शान्ति सुरक्षा कडा पारिएको समेत उहाँले बताउनु भएको छ । जिल्लाको ६६ ठाँउमा दैनिक आकस्मिक चेकजाँच गर्ने गरिएको र कुनै अप्रिय घटना नहोस् भनेर सात सय प्रहरी परिचालन गरिएको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.