काठमाडाैं, कात्तिक २ । आइतबार नेपालमा कोरोना भाइरसका २ हजार ९४२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८७५ पीसीआर परीक्षण गरिएकोमा २ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

आइतबार ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवत्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।

२४ घण्टाभित्र २ हजार ३२६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमण दरको ६९ दशमलव ७ प्रतिशत हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.