काठमाडाैं, कात्तिक २ । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.