काठमाडौं, असाेज ३० । गृहमन्त्री रामबहादुर थापाले लकडाउन र कोरोना संक्रमणबाट नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

६५ औं प्रहरी दिवसको अवसमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री थापाले अप्ठेरो समयमा नै सुरक्षा चुनौती बढ्ने भन्दै शान्तिसुरक्षाका लागि सतर्क बन्न प्रहरी संगठनलाई निर्देशन दिए ।

थापाले कोरोना संक्रमणकै बीचमा विभिन्न आपराधिक संगठनहरु सक्रिय बनेको जनाए ।

प्रहरीमाथि जनताको अगाध आस्था र विश्वास रहेको उल्लेख गर्दै थापाले इमान्दारीता र र व्यवसायीक कार्यको विकल्प नभएको बताए ।

उनले प्रहरीलाई शान्ति मिसनमा थप सहभागीता गराउन सम्बन्धित निकायसँग समन्वयका लागि सुझाव समेत दिए ।

गृहमन्त्री थापाले गृहमन्त्री रामबहादुर थापा ले प्रहरीको रासन सुविधा र कल्याण कार्यक्रमलाई समानुकुल सुधार गर्न आफू तयार रहेको पनि बताए ।

अहिले काठमाडौं उपत्यकामा प्रहरी जवानले दैनिक १ सय ७५ रुपैयाँ रासन खर्च पाउँछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.