एजेन्सी, असोज ३० । बिहाना सवा ७ देखि करिब सवा ९ बजेसम्म संसारका कतिपय देशमा सामाजिक सञ्जाल ट्वीटर चलेन।

दुनियाँका करोडौं मानिसले सोसल मिडिया प्लेटफर्म ग्लोबल आउटेजका कारण चलाउन नपाउनाले चिन्तित भएका हुन्। प्रयोगकर्ताले लगइन गर्न पाएनन्। तर ट्विटर ह्याक भने नभएको आधिकारिक जानकारी दिइएको छ।

कतिपय प्रयोगकर्ताको ट्विटर लगइन भएन र सर्च गर्दा कुनै कन्टेन्ट पनि देखा परेन। क्यालिफोर्नियामा रहेको ट्विटर कम्पनीले जवाफमा कतिपय प्रयोगकर्ताको एकाउन्ट डाउन भएको र त्यसलाई पुनःसञ्चालनमा ल्याउनका लागि काम भइरहेको बताएको छ।

कम्पनीका अनुसार ट्विटर नचल्नुमा आन्तरिक सिस्टम नै कारण रहेको छ।

सेक्युरिटी वा ह्याक भएको कुनै प्रमाण छैन। ट्विटरमा समस्या आएको यो पहिलो पटक भने होइन।

विगतमा थुप्रै पटक यस्तो समस्या आइसकेको छ। संसारका थुप्रै ख्यातिप्राप्त मानिसले ट्विटर प्रयोग गर्दै आएका छन्। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.