काठमाडौं, असाेज २९ । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई लोकसेवा आयोगको परीक्षाबाट वञ्चिन नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले संक्रमितलाई पनि आयोगका सबै परीक्षामा सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो ।

न्यायाधीस सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीले सुरक्षित रुपमा परीक्षमा सामेश हुन पाउने व्यवस्था मिलाउन पनि आयोगलाई आदेश दिएको छ ।

आदेशमा आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

लोकसेवा आयोगले कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने मापदण्डलाई बनाएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.