काठमाडौं, असाेज २९ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।

गत २४ घण्टामा थप तीन हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.