काठमाडौं, असोज २८ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ ।

नेपाल मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभएको छ ।

यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने मौका मिलेको हो ।

गएराति भएको मतदानमा नेपालले १५० भोट प्राप्त गर्‍यो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

मन्त्री ज्ञवालीले नेपाललाई सहयोग गर्ने सबै मुलुकप्रति आभार पनि व्यक्त गर्नुभएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.