काठमाडौं, असाेज २८ । सरकारकै महत्वपूर्ण खाद्य निकाय दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेवल नभएको र म्याद नाघेका बटर भेटिएको छ ।

काठमाडौं महानगरपालिकाको कृषि विभागको अनुगमनका क्रममा डीडीसी गोदाममा त्यति ठूलो परिणाममा म्याद नाघेका उक्त सामाग्री फेला परेको हो ।

वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर भेटिएको विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । एक किलो बटर सर्वसाधारणका लागि ८५० रुपैयाँ पर्छ । डिलरहरुका लागि भने ७८० रुपैयाँ पर्छ ।

भण्डारीले भने, ‘बटरलाई २५/२५ किलोको कार्टुनमा राखिएको छ तर कार्टुनमा लेबल छैन । केही कार्टुनमा भएको लेबलको म्याद समाप्त भएको छ ।’

तर डीडीसीले भने म्याद नाघेको कुनै वस्तु नराखेको दाबी गरेको छ । सुजल डेरीबाट खरिद गरिएको सबै बटर माइनर २० डिग्री सेन्टिग्रेडमा भण्डारण गरिएको डीडीसीले जनाएको छ । उचित भण्डारण गर्दा १८ महिनासम्म घिउ बनाउन सकिने डीडीसीको बालाजु आयोजना प्रमुख गोविन्द जोशीले बताएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.