काठमाडौं, असोज २७। नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य घटेको छ ।

विगत एक सातादेखि सुन तथा चाँदीको मूल्य घट्बढ भइरहको छ । सोमवारको तुलनामा सुनको मूल्य प्रतितोला रू. ५०० र चाँदी मूल्य प्रतितोला रू. २० ले घटेको हो ।

मंगलवार छापावाल सुन प्रतितोला रू. ९५ हजार १०० र तेजावी सुन प्रतितोला रू. ९४ हजार ६०० मा कारोबार भइरहेको छ । 

त्यस्तै यो दिन चाँदी प्रतितोला रू. १ हजार २२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  सोमवार छापावाल सुनको मूल्य प्रतितोला रू. ९५ हजार ६०० र तेजावी सुनको मूल्य प्रतितोला रू. ९५ हजार १०० रहेको थियो । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.