काठमाडौ, असाेज २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफलमा अध्यक्ष दाहालले कर्णाली प्रदेशमा देखिएको विवादबारे वास्तविकता बुझ्ने प्रयास गरेका थिए ।

भेटवार्ताका क्रममा दाहालले कर्णाली प्रदेशमा आएको विवादले राम्रो संकेत नगरेको भन्दै त्यसलाई नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।

कर्णालीको घटनाले पार्टी एकताको भावना नसमेट्ने भन्दै दाहालले त्यसरी मुख्यमन्त्री फेर्ने हो भने सबैतिर परिवर्तन गरौँ भन्ने प्रस्ताव गरेका थिए ।

दाहालको भनाइ ध्यान दिएर सुनेका प्रधानमान्त्री ओलीले आफ्नो तर्फबाट त्यो काम नभएको स्पष्टिकरण दिएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.