काठमाडौ, असाेज २६। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लक्षण नदेखिएरै परीक्षण गराउँदा शुल्क लिन थालेको छ ।

अस्पतालले आइतबारदेखि लक्षण नभएका र कन्ट्याक्ट टे«सिङमा नपरेहरूले परीक्षण गर्नुपर्ने भए २ हजार रुपैयाँ लिन थालेको हो । सरकारी प्रयोगशालामा परीक्षण गराउँदा यसअघि सरकारले निशुल्क व्यवस्था गरेको थियो । लक्षण नभएका, डकुमेन्टेसनका लागि तथा बाहिर जानेहरू स्वास्थ्य परीक्षणका लागि आउँदा समस्या हुने गरेपछि अस्पतालले शुल्क लिन थालेको हो ।

हुनेखानेहरूले समेत पटकपटक आएर निशुल्क परीक्षण गराउन थालेको भन्दै अस्पतालले शुल्क लिन थालेपछि लक्षण नदेखिइ परीक्षण गराउने आउनेहरू कम हुने अपेक्षा गरेको छ । अहिले टेकुमा दैनिक करिब ७ सय जनाको पिसिआर परीक्षण भइरहेको छ ।

अहिले टेकुमा ५२ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका आइसियु, भेन्टिलेटर भरिएका छन् । अस्पतालमा अहिले २० भेन्टिलेटर र सातवटा आइसियु बेड छन । अस्पतालले १० बेड, जनशक्ति, तथा दुईवटा भेन्टिलेटर थप्ने तयारी पनि गरिरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.