काठमाडौं, असाेज २६ । सरकारले आकस्मिक बाहेकका शल्यक्रिया तत्काल नगर्न उपत्यकाका सरकारी अस्पताललाई निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयले सबै सरकारी अस्पताललाई आकस्मिक बाहेकका नियमित शल्यक्रिया हाललाई नगर्न निर्देशन दिएको जानकारी दिए। 

मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण हुँदै गएपछि मात्र यस्ता खालका शल्यक्रिया गर्न निर्देशन दिएको  छ।

यसले केही कोभिड १९  संक्रमण भएका बिरामीहरुलाई आइसोलेसन बेड, आइसियु र भेन्टिलेटर उपलब्ध हुन सक्ने विश्वास मन्त्रालयले लिएको प्रवक्ता गौतमले बताए।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.