काठमाडाैं, असाेज २४ । सरकार र डा. केसी पक्षबीच बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएको छ।

शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएपनि अन्त्यमा निष्कर्षविहीन भएको डा केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले जानकारी दिए। 

बिहीबार पनि सरकार र डा केसी पक्षबीच वार्ता भएको थियो। बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिएको थियो। 

बिहीबार राती सकिएको वार्तामा शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ताले निरन्तरता पाएको थियो।  

२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.