काठमाडाैं, असाेज २४ । काठमाडौं उपत्यकामा शनिबार २ हजार ६७२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २१ सय संक्रमित थपिएका छन् । भक्तपुरमा २०३ जना र ललितपुरमा ३६९ जना थपिएका छन् ।

काठमाडौंमा एक सातामै १० हजार भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

संक्रमितहरु बढेसँगै अस्पताल र अन्य आइसोलेसन केन्द्रहरु भरिँदै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसदका समितिहरु, अदालत, सरकारी कार्यालयहरुलाई मिटिङ गोष्ठि, तालिमहरु नराख्न अनुरोध गरेको छ ।

यसैगरी, अवस्था झन चिन्ताजनक हुन थालेको भन्दै चाडवाडको समयमा जनस्वास्थ्य मापदण्डलाई पालना गर्न गराउन सबैलाई अनुरोध पनि गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.