काठमाडौं, असाेज २४ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर धक्का लागेको बताएका छन् ।

गैरआवासीय नेपाली संघको सम्मेलनको बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै उनले अर्थतन्त्रमा धक्का लागे पनि माइनसमा जाने सम्भावना भने नरहेको बताएका हुन ।

सरकार रोकथाम र नियन्त्रणका लागि केन्द्रित रहेको भन्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणलाई नियन्त्रण गरेरै छाड्ने बताए ।

प्रधानमन्त्री ओलीले विकसित देशको तुलनामा नेपालको वृद्धिदरमा कमि नआएकोले आत्तिने अवस्था नरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन प्रयास भइरहेको समेत बताए । विकासमा प्रयासहरू मार्फत् समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार क्रियाशील रहेको पनि उनले बताए ।

समृद्ध नेपाल, सुखी नेपाली परिकल्पनामात्र नभई आकांक्षा र मुलुकको उद्देश्य भएको उनको भनाइ छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.