काठमाडौ, असाेज २४ । आज देशभर ५,००८ जना सङ्क्रमित थपिएका छन्। यो सङ्ख्या एकै दिनमा थपिएका सङ्क्रमणमध्ये अहिलेसम्मकै सर्वाधिक हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १९ हजार ३२० जनामा परीक्षण गरिएको थियो।

यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५ हजार ६८४ पुगेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.