एजेन्सी, असाेज २३ । फ्रेन्च ओपन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि अमेरिकी सोफिया केनिन र इगा स्वीएटेकबिच प्रतिस्पर्धा हुने भएको छ ।

अस्ट्रेलियन ओपन विजेता २१ वर्षकी अमेरिकी खेलाडी केनिनले चेक गणतन्त्रकी पेट्रा क्वितोभालाई पराजित गरेर फाइनलमा स्थान बनाएकी हुन् । उनले पेट्रालाई ६-४ र ७-५ को सेटमा पराजित गरिन् ।

यस्तै १९ वर्षकी पोलिस खेलाडी इगाले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.