काठमाडाैं, असाेज २२ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नजिकै पुगेको छ ।

बिहीबार ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ९७ हजार ६९२ पुगेको छ ।

१८ हजार ४७३ पीसीआर परीक्षण गर्दा ३ हजार ४३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु दिनदिनै बढ्ने क्रम निरन्तर जारी छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ३ हजरा ४३९ जना संक्रमित थपिएका थिए ।

बिहीबार सक्रिय संक्रमित २६ हजार ६८४ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेहरुको संख्याको ७१ हजार ३४३ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.