एजेन्सी, असाेज २१ । साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

Image

यस्तै जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाए । महिपाल लोमरोरले ११ बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २/२ विकेट लिदा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट लिए ।

Image

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।

Image may contain: 1 person, playing a sport and outdoor

यस्तै कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।

राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १/१ विकेट लिए ।

Image

जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो ।

राजस्थानको यो तेस्रो हार हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Image

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.