एजेन्सी, असोज २० । रुसका करेन खाचनोभलाई हराउँदै सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वार्टर फाइनलमा प्रवेश गरका छन् ।

सोमबार राति पेरिसमा भएको अन्तिम आठको प्रतिस्पर्धामा जोकोभिजले करेनमाथि ६–४,६–३ र ६–३ को सेटमा जित निकाल्दो अघिल्लो चरणको यात्रा तय गरेका हुन ।

सोमबारको जितपछि जोकोभिच १४ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका छन् । एक पटकको फ्रेन्च ओपनको उपाधि उचालेका जोकोभिचले सेमिफाइनल प्रवेशका लागि पाब्लो बुस्टा र डानिलबीचको विजेतासँग खेल्ने छन् ।

यस्तै पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानोस सिट्सिपासले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् । स्टेफानोसले बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई ६–३, ७–६(११–९) र ६–२ ले पराजित गरे । स्टेफानोसले अब एन्ड्री रूब्लेभसँग खेल्ने छन् ।

महिलातर्फ रुसकी पेट्रा कोभिटोभाले अन्तिम आठमा स्थान बनाएकी छिन् । कोभिटोभाले चीनकी झाङ शुईलाई ६–२ र ६–४ ले पराजित गरिन् । कोभिटोभा आठ वर्षपछि फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेकी हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.