काठमाडाैं, असाेज २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको विस्तार गर्ने तयारी गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सोमबार यसबारेमा छलफल भएको छ । छलफलमा मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भएको थियो । तर, दुवै नेताले आ आफ्नो अडान राखेपछि पुर्नगठनमा सहमति नभएपनि तत्काल रिक्त स्थानमा मन्त्री थप्ने विषयमा भने सहमति भएको छ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय रिक्त हुंदा काम गर्न कठिनाई भएको भन्दै मन्त्रीपरिषद विस्तार गर्ने प्रस्ताव प्रचण्डलाई गरेका थिए ।

दुवै नेताहरुबीच भएको सहमतिअनुसार अर्थमन्त्रालयमा नेकपाका महासचिव विष्णु पौडेल र संचारमन्त्रालयमा स्थायी समिति सदस्य जनार्दन शर्मा पठाउने तयारी छ । त्यसैगरी अर्का नेता सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालयमा पठाउने तयारी भएको छ । पाण्डले आफुले रोजेको मन्त्रालयमा मात्र जाने बताएपछि पाण्डे र शर्माको मन्त्रालय हेरफेर पनि हुन सक्ने स्रोत बताउंछ ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा,रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई निरन्तरता दिने अडान राखेपछि पुर्नगठनमा सहमति नजुटेको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सवै मन्त्रीहरुलाई फिर्ता बोलाएर आवश्यक परेको खण्डमा फेरी पठाउने प्रस्ताव गरेपनि तिन जना मन्त्रीको हकमा भने प्रधानमन्त्री ओली सहमती नवनेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले अवको मन्त्रीमण्डल बनाउंदा पुर्व एमाले र माओवादी दुवैबाट आफुले मन्त्री छान्न पाउनुपर्ने बताएपछि त्यसमा प्रचण्ड सहमत नभएका हुन् । नेकपाको मंगलवार ४ बजे वस्ने सचिवालय वैठकमा मन्त्री थपबारे छलफल हुने र भोली वा बुधवार नै मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.