काठमाडौं, असाेज २० । बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा कायमै रहेको छ ।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा हुनेछ । त्यसैगरी प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आजराती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक, दुर्इ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.