नवलपुर, असाेज १९ । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार बिहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ ।

कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा नै कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले लुटेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको बताए ।

पीडित महिलाका श्रीमान दण्दपानी पौडेलले लुटेराले कान काटेर कानका ठूला ठूला दुई वटा रिङ्ग लुटेर लगेको तर साना साना रिङ्ग भने जोगिएको बताए ।

महिला लुटेरासँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल भएकी थिइन् ।

उनको दुई वटा कान काटिएको छ भने टाउको समेत चोट लागेको छ । पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.