काठमाडौं, असाजे १९ । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने व्यक्तिलाई जरिवाना तिराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड नअपाउने व्यक्तिले अवदेखि जरिवाना तिर्नुपर्ने व्यवस्था लागू हुन लागेको जनाएको हो ।

आइतबारको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने जानकारी दिए ।

मन्त्रालयले दसै–तिहार मनाउने नाममा जथाभावी यात्रा नगर्न पनि आग्रह गरेको छ । सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको भन्दै चाडपर्वमा जथाभावी यात्रा गर्दा संक्रमण अझै फैलिनसक्ने प्रवक्ता गौतमले बताए ।

संक्रमणको जोखिम कायमै रहेकाले जुन स्थानमा बसेको छ सोही स्थानमा दसैैं मनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले अति आवश्यक नभई घरबाट नस्किने, दुई मिटरको दुरी कायम गर्न, अनिवार्य रुपमा मास्कको प्रयोग तथा साबुन पानीले हात धुनको लागि पनि सचेत गराएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.