काठमाडौं, असाेज १९ । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ । 

आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ । 

सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । 

यसअघि आइतबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.