काठमाडाैं, असाेज १९ । चिकित्सा क्षेत्रको विकासका लागि भिभिन्न माग राख्दै डाक्टर गोविन्द केसीको १९ औ सत्याग्रह थालेको २२ दिन भईसक्यो । तर केसीको स्वास्थ्य स्थिति विग्रदै जादाँ समेत उनका माग प्रति सरकारले चासो देखाएको छैन ।

चिकित्सा क्षेत्रभित्र मौलाउदै गएको बेथेति तथा व्यापारीकरणले यो क्षेत्रको नाम बद्नाम बन्दै गएको छ । त्यसको सुधारको माग गर्दै डा गोविन्द केसी १९औं पटकको आमरण अनसनमा छन् । चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै आमरण अनशनमा बस्दै आएका डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले भने विग्रन थालेको छ । तर उनी आफ्नो माग सरकारले सम्बोधन नगरे सम्म अनसन नतोड्ने अडानमा छन् ।

डा. केसीले विगतमा आफूसँग भएका सहमतिअनुसार प्रदेश स्तरमा खुलेका चिकित्सा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पु¥याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने लगायतका माग राखेका छन् । तर सरकार भने अहिलेको परिस्थिति सत्याग्रहको नभएको बताउदै केसीलाई सत्याग्रहबाट पछि हट्न आग्रह गदै आएको छ । तर उनको माग चिकित्सा क्षेत्र विकासका लागि महत्वपूर्ण भए पनि केसीको माग सम्बोधन तर्फ सरकारले खासै चासो नदेखाएको डाक्टर केसीका अभियान्ताहरुको भनाई छ ।

भदौै २९ गते जुम्लाबाट अनशन सुरु गरेका डा. केसीलाई ६ गते काठमाडौं ल्याइएको थियो । हाल उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनतरत छन् । विगतमा वार्ता टोली गठन गरेर अनशन तोड्न पहल गर्ने सरकारले यस वर्ष भने डा. केसीसंग वार्ता गर्नका लागि पहल समेत गरेको देखिदैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.