काठमाडाैं, असाेज १८ । सर्वाेच्च अदालतका न्यायाधीश र केही अधिकृत तथा अन्य कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ ।

सर्वाेच्च अदालतले विज्ञप्ति निकालेर संक्रमित न्यायाधीश र कर्मचारीहरु होम क्वारेन्टाइनमा रहेको जानकारी दिएको हो । 

न्यायाधीश र कर्मचारीहरु कोरोनाबाट संक्रमित भएपछि अदालतको कामसमेत प्रभावित बनेको छ । 

सर्वाेच्च अदालतद्वारा आइतबार जारी विज्ञप्तिमा कति जना न्यायाधीश र कति जना कर्मचारी कोरोनाबाट संक्रमित भएका हुन भन्नेबारे भने केही खुलाइएको छैन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.