एजेन्सी, असाेज १८ । श्रीलंकामा र्‍याट फिभर (मुसे ज्वरो)बाट छ हजारभन्दा बढी संक्रमित भएका छन् ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयको सरुवा रोग नियन्त्रण एकाईका अनुसार सन् २०२० को सेप्टेम्बरसम्ममा र्‍याट फिभरबाट छ हजार ९६ जना संक्रमित भएका थिए भने ७० जनाको मृत्यु भएको हो । देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी संक्रमितहरू भेटिएको बताइएको छ । मन्त्रालयको तथ्यांकअनुसार बिरामीहरूको संख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि देखिएको छ ।

यो वर्ष रत्नपुरामा एक हजार तीन सयभन्दा बढीमा र्‍याट फिभर देखिएको छ भने कलुतारामा दक्षिणी शहर ग्यालमा र दक्षिणी शहर ग्यालमा पनि दुई सयभन्दा बढी बिरामीहरू भेटिएका हुन् । चिकित्सकहरूका अनुसार र्‍याट फिभर भएका बिरामीहरूमा ज्वरो आउने, चिसो महसुस हुने, आँखा रातो हुने, मांसपेशी दुख्ने र कमजोर हुने, टाउको दुख्ने, पिसाब कम लाग्ने लक्षणहरू देखिने हुन्छ ।

बिरामीमा यी समस्याहरू देखा परे तत्काल चिकित्सकको परामर्श लिनु पर्ने बताइएको छ । सन् २०१९ मा पनि छ हजार २१ जनामा र्‍याट फिभरको बिरामीहरू देखापरेको थियो । तीमध्ये अधिकांश मानिसहरू किसान, सरसफाइकर्मी र प्रदूषित पानीमा खेल्ने व्यक्तिहरू रहेको बताइएको छ ।श्रीलंकामा मुसे ज्वरोबाट छ हजारभन्दा बढी संक्रमित, ७० को मृत्यु

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.