काठमाडौं। विशाल ग्रुपले आयान डिष्टिब्युटरसँग कुनै खालको पनि सम्बन्ध नरहेको प्रष्टीकरण दिएको छ। ग्रुपले एक सूचना जारी गर्दै आफूमार्फत आयातित र प्रवर्द्धित केही उपभोग्य वस्तुसँगको विषयलाई लिएर प्रचारवाजी भएको भन्दै त्यसबारेमा प्रष्टीकरण दिएको हो। 

विशाल ग्रुप आमउपभोक्ताको स्वास्थ्य संवेदनशिलता प्रति सदैव सजग एवं सचेत रहेको सूचनामा उल्लेख छ। 

‘म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तुहरु समयमै नष्ट गर्न सकियोस् भन्ने हेतुले यस ग्रुपले सदैव आफुबाट आयातित वस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सूचित गरि नष्ट गर्ने गरिएको सूचनामा भनिएको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.