एजेन्सी, असोज १८ । रुसले विगत २४ घण्टामा देशभर नौ हजार ८ सय ५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ।

गत मे १५ पछि शनिबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सबैभन्दा बढी भएको कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ।  रुसको सरकारी तथ्यांकअनुसार अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन्।

रुस कोभिड–१९ बाट विश्वको चौथो बढी सङ्क्रमित मुलुक हो । रुसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएका छन्।

केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति सङ्क्रमित भएका छन् भने यहाँ कुल सङ्क्रमित सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ।

शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। रुसमा कुल चार करोड ७२ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.