काठमाडाैं, असाेज १८ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 

आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी शनिबार स्थगित भएको बैठक अर्काे मिति तय नभएसम्मका लागि स्थगित भएकाे प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले केही दिन भेटघाटका कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने घाेषणा गरेका छन् ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली उच्च सतर्कतासहित बालुवाटारमा आइसोलेसनमा बस्ने भएका छन्।

प्रधानमन्त्री ओलीले गत बिहीबारकाे मन्त्रिपरिषद्काे बैठकमा राजनीतिक नियुक्तिसम्बन्धी महत्वपूर्ण निर्णय लिएपछि नेकपाभित्र फेरि विवाद सुरु भएको छ। 

अध्यक्षद्वयबीच पार्टीभित्र देखिएकाे पछिल्लो विवादलाई सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो । सोहीअनुरूप आजको सचिवालय बैठक तय भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.