काठमाडौं, असाेज १८ । काठमाडौंमा आइतबार झन धेरै संक्रमित थपिएका छन् । उपत्यकामा १५ सय ९९ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

काठमाडौंमा मात्रै १३ सय ७३ जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा संक्रमितहरु बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नभएका संक्रमितलाई १० दिनमा पीसीआर गरेर नेगेटिभ आए घर पठाउने निर्णय गरेको छ ।

यस्तै, १० दिनमा पीसीआर गर्दा पोजेटिभ आए अर्को ४ दिन सम्म राखेर १४ दिनपछि परीक्षण नगरी घर पठाउने निर्णय गरेको छ।

यस्तै, जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई दण्डित गर्नेगरी कार्ययोजना बनाउने निर्णय पनि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.