काठमाडौं, असाेज १७ । नेपालमा शनिबार कोरोना भाइरसका २ हजार १२० जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ९७८ पीसीआर परीक्षण गर्दा २ हजार १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कुल संक्रमितको संया ८४ हजार ५७० पुगेको छ ।

शनिबार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७७३ जना रहेका छन् । यस्तै, होम आइसोलेनसमा ११ हजार ५२९ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ४४ जना रहेको छ । हालसम्म निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.