काठमाडौं, असोज १६ । लामाले २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागिता जनाएका थिए ।

त्यस्तै २०१९ मै अस्ट्रेलियामै भएको प्रेसिडेन्ट कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले लामालाई डब्लुटीबाट प्राप्त प्रमाण पत्र शुक्रबार हस्तान्तरण गरे ।

लामा पुम्से विधामा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स पाउने नेपाली रेफ्री हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.