बुटवल, असाेज १७ । प्रदेश ५ को राजधानी दाङलाई तोक्न प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा मसाल जुलुस निकालेको छ ।
रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न पार्टीले आईतबार राखेको जिल्ला बन्दको प्रचार गर्न मसाल जुलुस निकालेको कांग्रेस रुपन्देहीले जनाएको छ ।

नेपाली कांग्रेस रुपन्देहीको शनिबार बिहान बसेको बैठकले राँके जुलुससहित भोली रुपन्देही बन्द र सांसदको घर अगाडि कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो ।

रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता गर्न माग गर्दै कांग्रेस जिल्ला पदाधिकारीसहित कार्यकर्ताले शनिबार साँझ बुटवलको राजमार्ग चौराहादेखि मिलनचोक र प्रत्येक वडाको मुख्य चोकमा, तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि क्रिमसन अस्पतालसम्म, सैनामैनाको मुर्गिया चोक, सालझण्डी बजार, हरैया चोक र रुद्रपुर, भैरहवाको देवकोटा चोक र देवदहको खैरेनी चोकमा राँके जुलुस प्रदर्शन गरेका छन ।

मसाल जुलुस प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.