एजेन्सी, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा परामर्श नै नगरी मुख्य सचिवदेखि राजदूतसम्म नियुक्त गरेपछि सत्तारुढ नेकपाभित्र नयाँ चरणको विवाद फेरी देखिन थालेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर बेलायतका राजदूतका लागि र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यति मात्रै नभइ त्यही मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्तिसमेत गरेको छ ।

त्यो नियुक्तिलगत्तै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि स्थायी कमिटीसम्मका नेताहरुले असन्तुष्टि जनाएका छन्।

फेरि दुर्घटना यसअघि बसेको स्थायी कमिटी बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति दिँदा पार्टीमा परामर्श गर्न प्रधानमन्त्रीलाई कार्यादेश दिएको थियो। तर ओलीले पुनः एकलौटी ढङ्गले अघि बढ्न खोजेको उनीहरुको आरोप छ।

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीको पछिल्लो कदमले पार्टीमा फेरि पुरानै विवाद बल्झिने बताएका छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.