एजेन्सी, असाेज १६ । कारबाओ कप फुटबलको चौथो चरणमा आर्सनलले लिभरपुललाई हराएको छ ।

बिहिबार राति एनफिल्ड क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा आर्सनलले ५–४ ले बाजी मार्यो ।

आर्सनलका लागि बर्नड लेनोले दुई पेनाल्टी बचाएका थिए ।

लण्डन क्लबका लागि जो विलकले विजयी गोल गरे ।

चार दिन अघि प्रिमियर लिगको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो ।

अब आर्सनलले सेमिफाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।

Arsenal goalkeeper Leno punches away a ball played into the box in front of his defenders in an excellent performanceलिभरपुलले प्रिमियर लिग फुटबलमा आईतबार एस्टन भिल्लासंग खेल्नेछ भने आर्सनल सेफिल्ड युनाईटेडबिरुद्ध मैदान उत्रनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.