एजेन्सी, असाेज १६ । अंशु फातीको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा दोस्रो जित निकालेको छ ।

बिहिबार राति बार्सिलोनाले सेल्टा डी भिगोलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको ११ औं मिनेटमा फिलिप कौटिन्होको पासलाई सदुपयोग गर्दै फातीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

१७ वर्षिया फरवार्डले ला लिगामा १० गोल पुरा गरेका छन् । यस सिजनको सुरुवाती पहिलो खेलमा फातीले बार्सिलोनाका लागि दुई गोल गरेका थिए । पछिल्लो दुई खेलमा फातीले तीन गोेल गरेका छन् ।

पहिलो हाफमै बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो । ४२ औं मिनेटमा क्लेमेन्ट लेन्गलेट दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

५२ औं मिनेटा लुकास ओलजाको आत्मघाति गोलसंगै बार्सिलोना २–० ले अघि बढेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा सेर्गी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।

लिगको पहिलो खेलमा बार्सिलोनाले भिया रियललाई ४–० ले हराएको थियो ।

बार्सिलोनाले लिगको सुरुवाती २ खेलबाट ६ अंक जोडेको छ । सेल्टा डी भिगोले ४ खेलबाट ५ अंक जोडेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.