काठमाडौं, असाेज १५ । हाल बंगालको खाडीमा न्युन चापीय क्षेत्र कायम रहेको छ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ को माैसममा सामान्य बदली हुनेछ ।

त्यस्तै बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यसैगरी बाँकी प्रदेशका एक, दुइ स्थानहरूमा पनि हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.