काठमाडौं, असोज १४ । यातायात व्यवस्था विभागले दशैँकाे लागि असोजको अन्तिममा सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

विभागले असोज महिनाको अन्तिममा दशैँको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभएको हो । उहाँले यातायात व्यवसायीहरुसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तय गरिने बताउनुभयो । 

यातायात व्यवसायीले भने अग्रिम टिकट बुकिङबारे आफूहरु अन्योलमा रहेको बताएका छन् । व्यवसायीका अनुसार कोरोना महामारीका कारण यसपालिको दशैँमा विगतका वर्षमा जस्तो काठमाण्डौ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढी नहुने भएकाले अग्रिम टिकट बुकिङ अन्योलमा परेको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.