काठमाडौं, असाेज १२ । कोरोना भाइरसका संक्रमित थपिने रफ्तार सोमबार पनि घटेन । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १३ सय ५१ जना संक्रमित थपिएका छन् ।

१० हजार ८० पीसीआर परीक्षण गर्दा १३ सय ५१ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजना गर्ने नियमित कोरोना अपडेट कार्यक्रममा प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार हालसम्म देशभर कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् । यसैगरी, होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् ।

देशभर २४ घण्टामा ७४२ जना मात्र संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ५४ हजार ६४० जना संक्रमित घर फर्किसकेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.