एजेन्सी, असाेज ११ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई आम नागरिकमा लगाउन अनुमति प्रदान गरेको छ ।

रोयटर्सका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिएको जानकारी दिएका छन् ।

डब्ल्युएचओले अहिलेसम्म आपतकालीन प्रयोगका लागि कुनै पनि देशलाई प्रयोगको अनुमति दिएको थिएन । चीनले डब्ल्युएचओबाट आपतकालीनरुपमा सर्वसाधारणमामा अब भ्याक्सिन दिनका लागि अनुमति प्राप्त गर्ने देशको सूचीमा सबैभन्दा अगाडि आफूलाई सावित गरेको छ ।

चीनले तेस्रो चरणमा ५ वटा भ्याक्सिन परीक्षण गरिरहेको छ । त्यसमध्ये सबैभन्दा सफल मानिएको भ्याक्सिन आम नागरिकलाई दिनका लागि डब्ल्युएचओले अनुमति दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनले तेस्रो चरणको परीक्षण अन्तरगत आम मानिसमा भ्याक्सिन लगाउँदा पश्चिमा देशहरुले आलोचना गरेका थिए ।

चीनले जुलाइ महिनामा आपतकालीनरुपमा भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको थियो । चिनियाँ नेशनल हेल्थ कमिसनका अधिकारी झेङ्ग झोङ्गवेइले डब्ल्युएचओले कोरोना भ्याक्सिनका बारेमा हालै जानकारी गराएको बताएका छन् । चीनले यसअघि नै आपतकालीनरुपमा लाखौँ व्यक्तिलाई कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरिसकेको छ ।

डब्ल्युएचओका डायरेक्टर जनरल डा.मरिअनजेला सिमाओले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

डब्ल्युएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले आपतकालीन प्रयोग अस्थायी समाधान भन्दै तेस्रो चरणको परीक्षणको नतिजाले विशेष महत्व राख्ने बताएका छन् ।

सिएनबिजी र सिनोभ्याक भ्याक्सिन चीनमा आपतकालीनरुपमा दिन थालिएको छ । क्यानसिनोको भ्याक्सिन भने मिलिट्रीका लागि प्रयोग गरिएको छ । चिनियाँ अधिकारीले सन् २०२० को अन्तिमसम्म चीनले भ्याक्सिन बजारमा ल्याउने बताएका छन् । एक वर्षभित्र ६१ करोड भ्याक्सिन उत्पादनको क्षमता आफ्नो देशसँग भएको चीनले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.