एजेन्सी । युरोपमा कुकुरबाट गरिएको कोरोना परीक्षणको नतिजा झण्डै शतप्रतिशत सही निस्किएको छ । फिनल्याण्डको हेल्सिन्की एयरपोर्टमा कुकुरहरूबाट कोरोना भाइरस परीक्षण थालिएको छ । जहाँको नतिजा झण्डै ११० प्रतिशत सही भएको वैज्ञानिकहरुले बताएका छन् ।

द गार्डियनका अनुसार हेल्सिन्की अन्तर्राष्ट्रिय विमानस्थलमा तालिमप्राप्त कुकुर प्रयोग गरेर कोरोना परीक्षण सुरू गरिएको छ । कुकुरले यात्रुको पसिनाको गन्ध सुँघ्छन् र त्यसै आधारमा संक्रमण छ कि छैन पत्ता लगाउने गरेका छन् ।

कुकुरबाट हुने कोरोना परीक्षण अनुगमन गरिरहेको हेल्सिन्की विश्वविद्यालयकी आना हेल्म बिज्रोकम्यानले उत्साहजनक नतिजा प्राप्त भएको र यसले विमानस्थल, अस्पताल, घर वा अन्य ठाउँमा पनि कोरोना भाइरस परीक्षणमा सजिलो बताएको बताएकी छन् ।

संसारभरका विभिन्न अध्ययनले पिसिआरको परीक्षण ७० प्रतिशतमात्रै मिल्ने देखिएको थियो । तर, कुकुरबाट हुने परीक्षण पिसिआर भन्दा सस्तो, छिटो र भरपर्दो देखिएको छ ।

बेलायत, अष्ट्रेलिया, फ्रान्स, जर्मनी र युएईले यसअघि कुकुरबाट कोरोना परीक्षण गर्नेबारेमा अध्ययन गरेपनि कोरोना परीक्षणका निम्ति कुकुर प्रयोग गर्नेमा फिनल्यान्ड पहिलो देश बनेको छ ।

विश्वविद्यालयका अनुसार यात्रुलाई पसिना टिस्यू पेपरले पुच्छ लगाइन्छ र त्यो पेपरलाई डब्बामा राख्ने गरिन्छ । त्यसरी संकलित पेपर राखिएको डब्बा कुकुरले सुँघ्ने र १० सेकेण्डमा नै नतिजा दिने गरेको छ । कुकुरले आफूलाई सुँघाएको पसिनामा कोरोना पोजेटिभ छ भने तत्काल नै संकेत दिने गर्छ ।

अनुसन्धानकर्ताले १ मिनेटमै तालिमप्राप्त कुकुरबाट कोरोना परीक्षण गर्न सकिने दावी गरेका छन् । विश्व विद्यालयले कुकुरलाई कोरोना भाइरसको गन्ध पहिचान गर्न, संक्रमित फेला परे कसरी संकेत गर्ने भन्नेलगायतका आवश्यक प्रशिक्षण दिएको छ ।

फिनल्याण्डले सुरुवाती चरणमा १६ वटा कुकुरलाई प्रशिक्षण दिएको थियो । अहिले ४ वटा कुकुरलाई विमानस्थलमा खटाएको छ । ६ वटा कुकुरले हल्ला भएको ठाउँमा काम गर्न सकेनन् भने ६ वटा प्रशिक्षणकै क्रममा छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.