काठमाडाैं, असाेज १० । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको महर्जनले जानकारी दिए ।

जिउ दुख्ने, टाउको दुख्नेलगायतका समस्या भएपछि उनले स्वाब परीक्षण गराएका थिए । अहिले होम आइसोलेसनमा बसेको उनले नागरिकखबरलाई जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.