काठमाडाैं, असाेज १० । नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको छ। 

७ वटा जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने सबै पुरुष हुन्। सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।  

पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.