एजेन्सी, असाेज ९ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ ।

आईपीएल अन्तर्गत बिहीबार राति किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।

आईपीएलले कोहलीलाई १२ लाख भारु जरिवाना गरेको हो ।

पन्जाबविरुद्धको खेलमा बैंगलोर ९७ रनले पराजित भएको थियो ।

उक्त खेलमा कप्तान कोहलीले दुई वटा क्याच मिस गरेका थिए । कोहलीले केएल राहुलको दुई क्याच मिस गरेपछि पन्जाबले २ सय ६ रनको फराकिलो योगफल तयार गरेको थियो ।

राहुलले बैंगलोरविरुद्ध अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेलेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.