एजेन्सी, असोज ९ । गत आईतबार नेकपा स्थायी कमिटिको बैठक पहिलो पटक पेरिस डाँडामा सम्पन्न भयो । उक्त बैठकमा मुख्यत मन्त्रीमण्डल हेरफेर गर्ने, कार्यकर्तालाई पारिश्रमिक दिने चर्चा पनि चले ।

तर त्यो दिन पेरिस डाँडामा बैठक हुँदा एक महिला प्रहरी नियन्त्रण परिन् । पेरिस डाँडामा बैठक बस्दै छ भन्ने थाहा भएपछि नेतालाई झापड हान्न आएकी हुँ भन्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पेरिसडाँडा पुगेर ठूला नेतालाई झापड हान्न आएकी हुँ भन्ने महिलालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाकी बालिका खड्का रहेकी छन् ।

यसअघि ती महिलाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान रहेको भन्दै अंश माग गरी मुद्दा दायर गरेकी थिईन् । बालिकाले केही दिन अघि मात्र काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी छन् ।

बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी बालिकालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.