काठमाडौं, असाेज ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल समापन भएको छ।

 दुई शीर्ष नेताबीच बिहान साढे ११ बजेदेखि सुरु भएको छलफल साढे २ बजेसम्म छलफल भएको हो। 

मन्त्रीमण्डल पुनर्गठन र बाँकी रहेको पार्टी एकताको टुंगो लगाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। 

आइतबार र मंगलबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयमाथि छलफल गरी मन्त्रीमण्डल हेरफेर गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकाे थियाे।

मन्त्रीमण्डल हेरफेरलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.