एजेन्सी, असाेज ७ । बार्सिलोनाका महत्वपूर्ण खेलाडी लुइस स्वारेज स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन्। बार्सिलोनाले स्वारेजलाई प्रतिस्पर्धी टिममा जान स्वीकृति दिएको हो ।

स्वारेज बार्सिलोनामा बस्न चाहेका थिएनन् र क्याटलान जाइन्ट पनि उनलाई बिदा गर्न तयार भएको हो । बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो ।

पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् ।

त्यसपछि बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले स्वारेजको सम्झौतामा रोक लगाएका थिए उनी कुनै पनि स्पेनिस शीर्ष क्लब नजाउनु भनेर ।

तर स्वारेजका प्रतिनिधिसँगको भेटपछि बार्सिलोना पछि हटेको हो । स्वारेजले आफूलाई जान नदिएमा मिडियामा जाने चेतावनी दिएपछि बार्सिलोना अध्यक्ष पछि हटेर एथ्लेटिकोमा जान दिएका हुन् ।

एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् ।

६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.